दाङको दउखुरी क्षेत्र जलमग्न, सतर्क रहन आग्रह

  
  प्रकाशित मितिः शनिबार, असार ६, २०७७       | 140 Views   ||


सदरलाइनडटकम,
दाङ : अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रका विभिन्न ठाउँ जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आस–पासका केही वस्ती तथा राप्ती नदी किनारका वस्तीहरु जलमग्न भएको हो ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर २ केरुनीया निवासी सुनिता चौधरीले बताइन् । लगातार वर्षाको कारण लमही नगरपालिकाको गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवा पुरै जलमग्न भएको छ ।
लगातार वर्षाका कारण आएको बाढीले खेतमा रहेको धानको विउ बगाएको छ । यता लमही नगररपालिकाका मेयर कुलबहादुर केसीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मितिः शनिबार, असार ६, २०७७     1:11:57 PM  |