विश्वमा कोरोना सङ्क्रिमतमध्ये आधाभन्दा धेरै निको

  
  प्रकाशित मितिः शनिबार, असार ६, २०७७       | 77 Views   ||


सदरलाइनडटकम,
काठमाण्डौ  : विश्वमा कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् । झण्डै ८७ लाख ५८ हजार सङ्क्रिमत रहेकोमा ४६ लाख २५ हजार बढी निको भएका हुन् । सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ५ सयको ज्यान गएको छ ।
सबैभन्दा धेरै अमेरिकामा झण्डै २३ लाख सङ्क्रिमत भएका छन् भने ९ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा १ लाख २१ हजारले ज्यान गुमाएका छन् । सङ्क्रिमत धेरै हुनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा १० लाख ३८ हजार रहेका छन् ।
त्यहाँ ५ लाख २० हजार निको भएका छन् । ब्राजिलमा ४९ हजारको ज्यान गएको छ । भारतमा झण्डै ३ लाख ९६ हजार सङ्क्रिमत भएका छन् भने २ लाख १४ हजार निको भएको वल्र्डओमिटरले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा १२ हजार ९ सय ७० जनाको ज्यान गएको छ ।
यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ । संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गरेका छन् । (एजेन्सी)

प्रकाशित मितिः शनिबार, असार ६, २०७७     1:03:26 PM  |