बाँकेको जानकीका ४१ जनाले कोरोना जितेर घरजाँदै

५ असार २०७७, शुक्रबार १२:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार ४१ जनाले कोरोना जितेर घर फर्किदै छन् । उनीहरु सबै जानकी गाउँपालिकाको वडा नम्बर १ का वासिन्दा हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार, बाँकेको जानकी गाउँपालिकाको श्रीमावि जोगागाउँ आइसोलेसन सेन्टरमा रहेका जानकी १ का ४१ जना संक्रमितहरु सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो । उनीहरुलाई शुक्रबार दिउसो ३ बजे डिस्जर्चा गरिने बताईएको छ ।

संक्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरुलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सो आईसोलेशन सेन्टरमा रहेका एक संक्रमित भने केहीदिन मै आईशोलेशनबाट भागेका थिए । उनी भारत गएको अनुमान गरीएको छ ।

उनले बाँकेमा कोरोना संक्रमण पुष्टि भएका ३२७ मध्ये २५० जना निको भएर घर फर्किसकेको र २ जनाको मृत्यु भएको बताए । बाँकेका विभिन्न आईसोलेशन अस्पताल र आईसोलेशन सेन्टरमा ७५ जना रहेका छन ।


बाँकेका संक्रमितहरु निको भएर फर्किने क्रम बढ्दै गएकोले जिल्लाका आइसोलेसन सेन्टरहरु पनि रित्तीन थालेका छन् । क्वारेन्टाइनहरुमा पनि अब २ हजार जना मात्र बााकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैविच भारतबाट आउनेहरुको संख्या पनि क्रमश कम हुँदै गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । उनले विहीबार ३९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको जानकारी दिए ।

उनले एक साता अघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरुको संख्या १ हजार ५ सयदेखि दुई हजारसम्म रहेको थियो ।

Next Post

होम क्वारेन्टिनमा बसेका गुल्मीमा एकको मृत्यु

५ असार २०७७, शुक्रबार १२:३८
सदरलाइनडटकम, गुल्मी : भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसबाट पीडित उनी […]

सम्बन्धित