अगैयामा ट्रयाक्टर खस्दा दुई बेपत्ता

१ असार २०७७, सोमबार १६:०४
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेस्थित राप्ती नदीमा ट्रयाक्टर खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् । ना ७ त ५१८ नम्बरको ट्रयाक्टर राप्तीसोनारी गाउँपालिका वडा नं. २ स्थित अगैया पुलदेखि १ सय मिटर तल नदीमा खसेको हो ।
ट्रयाक्टर खस्दा राप्तीसोनारी ३ भगौतीपुरका १७ वर्षीय सुनिल थारु र अर्का नाम नखुलेका १ जना बेपत्ता भएका हुन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताहरुको खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ ।

Next Post

कर छुट गर्न उद्योगी व्यवसायीको माग

१ असार २०७७, सोमबार १६:०४
सदरलाइनडटकम, नेपालगञ्ज : लामो समयदेखि जारी लकडाउनका कारण ब्यापार, ब्यवसाय धरापमा परेको भन्दै नेपालञ्ज उद्योग बाणिज्य संघले व्यावसायिक र घरबहाल कर छुटको माग गरेको छ । संघले सोमवार नेपालगञ्ज उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कर छुटको माग गरेको हो । लामो समयदेखि उद्योग, व्यवसाय ठप्प भएपनि संघीय सरकारका तर्फबाट कुनै सहुलियत घोषणा […]

सम्बन्धित