नेपालसँगको विवादलाई वार्ताबाटै टुंग्याउँछौ : भारतीय रक्षामन्त्री

१ असार २०७७, सोमबार १५:२६
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग रहेको ‘रोटीबेटी’ को सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसँगै जोडिएको उत्तराखण्डबासीलाई सोमवार सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
उत्तराखण्डको पिथौरागढ हुँदै नेपालस्थित दार्चुलाको करीब ३० किलोमिटर भूमि हुँदै खनिएको सडक गत मे महिनामा उनलेनै उद्घाटन गरेपछि बढेको विवादका सन्दर्भमा सिंहको पछिल्लो भनाई आएको हो ।
सिंहले उत्तराखण्ड जन संवादमा जनतालाई सम्बोधन गर्दै नेपालसँग अहिले देखिएको विवादलाई वार्ताबाटै टुंगोमा पुर्याउने जानकारी दिएका छन् ।

Next Post

अगैयामा ट्रयाक्टर खस्दा दुई बेपत्ता

१ असार २०७७, सोमबार १५:२६
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेस्थित राप्ती नदीमा ट्रयाक्टर खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् । ना ७ त ५१८ नम्बरको ट्रयाक्टर राप्तीसोनारी गाउँपालिका वडा नं. २ स्थित अगैया पुलदेखि १ सय मिटर तल नदीमा खसेको हो । ट्रयाक्टर खस्दा राप्तीसोनारी ३ भगौतीपुरका १७ वर्षीय सुनिल थारु र अर्का नाम […]