सदरलाइनडटकम,
नेपालगञ्ज : आइतवार एकैदिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन् ।
गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ ।
