दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

३२ जेष्ठ २०७७, आईतवार १४:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सडक दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा आइतवार उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो ।
चिसापानी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केशीले बताए । शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् ।
उनी खतरामुक्त रहेको बताइएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्लामा विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गइरहेका थिए ।

Next Post

अवैध सुर्तीसहित दुईजना पक्राउ

३२ जेष्ठ २०७७, आईतवार १४:३२
सदरलाइनडटकम, डुडुवा (बाँके) : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तीसहित बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्ती पुलबाट प्रहरीले आइतवार भारतबाट ल्याउदै गरेको अवैध सुर्तीजन्य सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय कम्दीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्त नेतृत्वको […]