डुडुवाका ८ जनाले कोरोना जीते

३१ जेष्ठ २०७७, शनिबार १८:५१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा रहेका ८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन । डुडुवा गाउँपालिका वडा नं. ४ शाहपुर्वा क्वारेन्टाइनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गरेका थिए । डुडुवामा कुल २५ जना कोरोना संक्रमित रहेका छन् । ८ जना घर फर्किएपछि अहिले १७ जना आइसोलेशन वार्डमा रहेका छन ।

Next Post

नेकपा गाउपार्टीको आयोजनामा खजुरामा १५२ जनाले गरे रक्तदान

३१ जेष्ठ २०७७, शनिबार १८:५१
सदरलाइनडटकम, नेपालगञ्ज  : नेकपा खजुरा गांउपालिका कमिटीद्वारा ‘कोरोना बिरूद्वको हाम्रो अभियान’ अन्तर्गत आयोजना गरिएको बृहद रक्तदान कार्यक्रममा १ सय ५२ जनाले रक्तदान गरेका छन् । ‘सुरक्षित रगतले जीवन बचाउछ, रक्तदान गरौ र स्वस्थ संसार बनाऔ’ भन्ने मूल नाराका साथ बिश्व रक्तदाता दिवस १४ मे २०२० को पूर्व सन्ध्यामा रक्तदानको आयोजना […]