मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ ३१, २०७७       | 212 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
शुक्रवार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन शनिवारबाट देशभर फैलिएर मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ ।
साधारणतयः अँग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।
मनसुन अवधिमा मुलुकभरको औषत वर्षाको मात्रा एक हजार ४९९ दशमलव छ मिलीमिटर रहेको छ । यो भन्दा १० मिलीमिटर बढी वा कम वर्षा भए पनि औषत वर्षा नै मानिने बताइएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ३१, २०७७     3:15:38 PM  |