सबै संक्रमितलाई अस्पतालमा राख्न सक्दैनौं : प्रदेश सरकार

३० जेष्ठ २०७७, शुक्रबार १६:३२
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ सरकारले कोरोना संक्रमण पुष्टि भएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने बताएको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जिल्लास्तरीय, स्थानीय तहस्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गर्दै अब कोरोना संक्रमितलाई अस्पताल बाहिरकै आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी चार ठाउँमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । ती चार अस्पतालमा रहेका २ सय ३२ वटा आइसोलेसन बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् ।
संक्रमित बढ्दै गएपछि स्थानीय तहमा बनाइएको ३ सय ५९ आइसोलेसन सेन्टरमा २ हजार ५९ बेड छन् । प्रदेशमा अझै करिब ८०० स्वाब पीसीआर परीक्षणको पालो पर्खेर बसेका छन् ।
ठूलो संख्यामा नतिजा आउन बाँकी रहेकाले सरकारले अब कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने निचोडमा पुगेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

Next Post

‘गहुँको बिउ ढुवानीको’ लागि लिएको पासमा नदीजन्य पदार्थ ओसार्दै

३० जेष्ठ २०७७, शुक्रबार १६:३२
सदरलाइनडटकम, नेपालगञ्ज  : यतिबेला कोबिड–१९ को कारण बन्दाबन्दी छ । बन्दाबन्दीको बेलामा विभिन्न बाहानामा सावारी साधनले लिएको सवारी पासको दुरुपयोग हुने गरेको पाईएको छ । लकडाउको बेलामा हिड्नको लागि लिएको पासको दुरुपयोग गर्दै बाँकेको राप्तीनदिबाट नदिजन्य पदार्थ बोकेको टेक्टरमा ‘गहुँको बिउ ढुवानीको’ लागि लेखेर निर्बाध नदिजन्य पदार्थ बोकेर नेपालगञ्ज जाँदै […]