नेपालगञ्जका चोक सौन्दर्यकरणमा सर्वदलीय सहमति

२९ जेष्ठ २०७७, बिहीबार १८:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको चोक सौन्दर्यकरणको लागि यहाँका राजनीतिक दलको सहमति जुटेको छ । खासगरी नगरको केन्द्रविन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलले सहमति जनाएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहिवार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राखी संरक्षण गर्ने कुरामा सहमति जुटेको हो

बैठकले चोकको नामाकरणका सन्दर्भमा सोही स्थानमा सार्वजनिक सुनुवाई तथा सर्वदलीय सहमतिको विधिद्वारा गर्ने गरि हाललाई सौन्दर्यकरण कार्य सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कुरुप भएको चोकमा स्तम्भ निर्माण गरि नेपालको झण्डा राख्ने निर्णय कार्यपालिकाको बोर्ड बैठकले गरेको जानकारी दिए । ‘यो चोक नगरको मुटुमा छ’– नगरप्रमुख डा. राणाले भने–‘अब यसलाई सुन्दर बनाउने जिम्मेवारी हाम्रो काँधमा छ ।’

उपप्रमुख उमा थापा मगरले चोकले नेपालगञ्जलाई चिनाउने भएकाले सौन्दर्यकरण अति आवश्यक भएको कुरामा जोड दिदै नामाकरण लगायतका अन्य कार्य निर्माण पछि गर्न सकिने धारणा राखेकी थिईन ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले विकास निर्माणमा सबैपक्षको साथ र सहकार्य आवश्यक पर्ने बताए । नेकपा बाँकेका सचिव अशोक कोइरालाले तत्काल सौन्दर्यकरणको काम थाल्न सुझाव दिए । नामाकरण लगायतका अन्य काम पछि सर्वदलीय सहमति र स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाईबाट गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाली काँग्रेसका युवा नेता सुधांशु कोईराला र क्षेत्रीय सभापति रमेश गुप्ताले ईतिहासको सम्मान गर्नुपर्नेमा जोड दिदै तत्काल सौन्दर्यकरण गरि अघि बढ्न आग्रह गरे । बैठकमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले आफुहरु विकास विरोधी नभएको भन्दै चौकको नामाकरण गरेर जानुपर्ने सुझाव दिएका थिए ।

राप्रपाका युवा नेता ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, दिपेन्द्रवहादुर सिंहले इतिहास भावी पुस्ताका लागि आवश्यक पर्ने भन्दै नगरको विकासका लागि आफुहरु पार्टीगत मान्यताबाट पछि हटेर सौन्दर्यकरण गर्नुपर्नेमा सहमत भएको बताए ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष नन्दलाल बैश्य, संघका प्रबक्ता टंक धामी,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरवहादुर वली, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उज्जलसिंह राठौर, वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर १३ का अध्यक्ष वीरेन्द्र शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता थियो ।

Next Post

बाँकेमा १३ जना कोरोना संक्रमित थपिए

२९ जेष्ठ २०७७, बिहीबार १८:०५
सदरलाइनडटकम, नेपालगन्ज : बाँकेमा बिहीवार १३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुरका १, राप्तीसोनारीका ६, बैजनाथका ४ र खजुराका २ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोहलपुर नगरपालिका २ का १९ वर्षिय पुरुष, खजुरा १ र ७ का ३७ र १८ वर्षिय […]