नरैनापुर र नेपालगञ्जको क्वारेन्टाइनलाई व्यस्थापन सामाग्री हस्तान्त्रण

२८ जेष्ठ २०७७, बुधबार ००:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि नेपालगञ्ज नरैनापुर गाउपालिकामन रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले विभिन्न सामाग्रीहरु जिल्ला विपत व्यवस्थापन समिति मार्फत हस्तान्त्रण गरिएको छ ।

लकडाउनका बीचमा भारतबाट घर फर्केकाहरुलाई राख्नको लागि नरैनापुर र नेपालगञ्जका क्वारेन्टाइनहरु व्यवस्थित नभएको व्यापक जनगुनासो आएपछि । सो का लागि प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा दुबै पालिकामा रहेका क्वारेन्टाइनलाई ठुलो संख्यामा विभिन्न सामाग्रीहरु मंगलवार उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

संरक्षक सिद्दिकीका अनुसार नेपालगञ्जका लागि पी फोम, झुल, बेड कभर ३/३ सय थान, साबुन, तौलिया, पेस्ट, व्याग, टुथ ब्रस, नेल कटर, काईंयो समेत भएको हाईजिन किट ३ सय थान, सर्जिकल मास्क ३ सय, स्यानेटरी प्याड १५०, खेल सामाग्री २, रेडियोसहितको म्यूजिक सिस्टम २, होर्डिङ्गबोर्ड ३, आमा र बच्चाको लागि पोषण युक्त खानेकुरा १० जनालाई, सोडियम हाईड्रोक्लोरेट सोलुसन १०, स्पे टेंक २ प्रति क्वारेन्टाईन र सेनिटाईजर ५ सय एमएलको ५ वटा रहेका छन् ।

यसैगरी स्वास्थ्य काउन्सिलर १ जना, मनोसामाजिक विमर्शकर्ता १, सचेतनामुलक पर्चा साथै कोबिड–१९ बाट जोगिने बारेमा जानकारी मुलक पम्पलेट ५/ ५ हजार थान रहेका छन् । नेपालगञ्जको हल्टेज स्पेसको लागि तायरी खाना ३० हजारलाई, सर्जिकल मास्क ३० हजारलाई, पानीको जार ५ हजार र हातधुने सावुन ३० हजारलाई बितरण गरिएको छ ।

यसैगरी नरैनापुरमा रहेका क्वारेन्टाईनको लागि पी फोम, झुल, बेड कभर ५/५ सय थान, साबुन, तौलिया, पेस्ट, व्याग, टुथ ब्रस, नेल कटर, काईंयो समेत भएको हाईजिन किट ५ सय थान, सर्जिकल मास्क ५ सय, स्यानेटरी प्याड १५०,हात धुने पानी टंकी ८, हेण्डपम्प ८, अस्थाई शौचालय १६, रेडियोसहितको म्यूजिक सिस्टम ८, होर्डिङ्गबोर्ड ८, आमा र बच्चाको लागि पोषण युक्त खानेकुरा २४ जनालाई, खेल समाग्री २० थान रहेका छन् ।

ती सामाग्रीहरुलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगलाई प्लान ईन्टरनेसनल एरिया कार्यालय नेपालगन्जका प्रमुख मिना पराजुलीले हस्तान्तरण गरेकी हुन ।


उनले सहयोगको आवश्यकता र औचित्य बारे जानकारी गराउदै प्लान नेपालले लकडाउन आव्हान पछि बाँकेमा प्रत्यक्ष प्रत्यक्ष गरी करिब डेढ करोड बढीको सहयोग विभिन्न चरणमा गरि सकिएको बताईन । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले सहयोग गरिएको सामाग्रीहरुको बारेमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारीले सो सामाग्रीलाई नेपालगञ्ज उपमहानगरका मेयर धवल शमसेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणाले कोभिड १९ विरुद्धको अभियानमा सबैको सहयोग र समर्थन आवश्यक रहेको जनाउँदै सबैले मिलेर एकतावद्ध भै अभियान चलाइयो भने सफल हुने बताए । उनले क्वारेन्टाइनको व्यवस्थापनमा सहयोग गरेकोमा प्लान र युनेस्को बाँकेप्रति आभार व्यक्त गरे ।

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन सुधार्ने अभियान चालिएको बेला प्राप्त भएको यो सहयोग निकै उपलब्धीपूर्ण रहने बताउदै कोभिड १९ नियन्त्रणमा सहयोग गर्ने सबै जिल्लावासीलाई धन्यवाद पनि दिए ।

सो अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, गाउँपालिकाका कार्यकारी प्रमुख मणीराम खराल, नेपालगञ्ज उप महानगरका उप मेयर उमाथापा मगर, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झना, प्लान इन्टरनेसनल नेपाल काठमाण्डौका लजिस्टिक म्यानेजर प्रशान्त उपाध्याय, प्लान इन्टरनेसनल नेपाल नेपालगञ्जका फाइनान्स म्यानेजर रमेश केसी बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Next Post

रोल्पा, बर्दिया र कोहलपुरमा कोरोना संक्रमितको पुस्टि

२८ जेष्ठ २०७७, बुधबार ००:२२
सदरलाइनडटकम, नेपालगञ्ज :  भेरी अस्पतालको प्रयोगशालामा बुधबार दिउसो नयाँ ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ पहिचान भएका संक्रमितहरु मध्ये ३ जना कोहलपुरका, १ जना बर्दिया एक जना रोल्पाका रहेको भेरी अस्पतालले जनाएको छ । बर्दिया मधुवन नगरपालिका–८ का १८ वर्षिय पुरुष, सुनिलस्मृती–८ रोल्पाका २५ वर्षिया महिला र […]