कोहलपुरमा पहिलोपटक कोरोना संक्रमितको सफल शल्यक्रिया

२७ जेष्ठ २०७७, मंगलवार १९:०३
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक कोरोना संक्रमितको सफल शल्यक्रिया गरिएको छ । अछामको जिल्ला, बयलपाटा अस्पतालबाट रिफर भई मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकी गर्भवती कोरोना संक्रमित २५ वर्षीय महिलाको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालका उप–निर्देशक डा. दिनेश श्रेष्ठले अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी १८ हप्ताकी गर्भवतीसमेत रहेकी महिलाको आन्द्रा बेरिएकोले मङ्गलबार दिउँसो आन्द्राको सफल शल्यक्रिया गरिएको जानकारी दिए ।

उनले महिलाको शल्यक्रिया अस्पतालका प्राचार्य डा. मोदनाथ मरहठ्ठा, सह प्राचार्य अनुप शर्मा, डा. प्रदीप थापा, डा. आशिष भट्ट, डा शिरिष आचार्य, स्टाफ नर्श सुनिता योगि, सुस्मिता गुरुङ्ग, निर्मला बैगारलगायतको टोलीले गरेको बताए । उनले सो अवसरमा महिलाको अवस्था सामान्य रहेको जानकारी दिदै काठमाण्डौ बाहिर पहिलो पटक कोरोना संक्रमितको शल्यक्रिया सम्पन्न गरेको दाबी समेत गरे ।

यसैबीच अस्पताल संञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेड नेपालगंञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले एक ज्ञिप्ती जारी गर्दै कोबिड–१९ को महामारीले आक्रान्त भएको अवस्थामा पनि यस अस्पतालले जोखिम उठाई कोरोना जांच नभएका हजारौ बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अवस्थामा किशोरीको सफल शल्यक्रिया सम्पन्न गरेको जनाएको छ ।


बिरामी महिलाकोे ठूलो आन्द्रामा समस्याका कारण मंगलबार दिउसो ३ः१५ बजे शल्यक्रिया सफल भएको जनाईएको छ । बिरामीको पैथोलोजी जाँच गर्ने प्राविधिक रमेश जि.सि., पोष्टअपरेटिभ स्टाफ नर्स खुस्बु वर्नवाल, मनीसा योगी बिपना सिं तथा सहायक डम्बर जि.एम., धर्मिला बुढाको टीमले विषम परिस्थितीमा पनि आफ्नो ज्यानको बाजी लगाई सेवामा संलग्न भएको अस्पतालले जनाएको छ ।

अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार उनलाई हेलिकोप्टरबाट कोहलपुर पुर्याइएको थियो । ती महिला भारतबाट आएको र क्वारेन्टाइनमा रहेकोले उनको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको थियो ।
उनको रिपोर्ट पोजिटिभ आएपछि मेडिकल कलेजको कोहलपुर अस्पतालको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातीदेखि नै सिल गरिएको अस्पतालका सह निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिए ।

अस्पतालले मङ्गलबार कोरोना पोजिटिभ महिलाको आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकाले आन्तरिक व्यवस्थापनका लागि एक दिन मात्र कोहलपुर अस्पतालको सम्पूर्ण बहिरङ्ग सेवा र आकस्मिक सेवा बन्द गरिएको जनाउदै बुधबारदेखि सुरक्षित साथ अस्पतालका सबै सेवाहरू सुचारु गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Next Post

बागेश्वरी टेलिभिजनद्वारा क्वारेन्टाईनमा रहेकालाई स्वास्थ्य सामाग्री प्रदान

२७ जेष्ठ २०७७, मंगलवार १९:०३
सदरलाइनडटकम, नेपालगञ्ज  : बागेश्वरी टेलिभिजनले बाँकेका विभिन्न क्वारेन्टाईनमा स्वास्थ्य सामाग्री बितरण गर्न सुरु गरेको छ । यस क्रममा मंगलबार खजुरा गाउँपालिकामा स्वास्थ्य सामाग्रि वितरण गरेको जनाएको छ । टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले जिल्लाका अधिकाशं क्वारेन्टाईनमा मास्क र स्यानटाईजर पुर्याउन सके मात्रै पनि कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सहयोग हुन […]