बाँकेमा थप ९ जनामा कोरोना पुष्टि

२७ जेष्ठ २०७७, मंगलवार १७:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये महिला २ र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा मंगलवार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । नेपालमा हालसम्म ५ सय ८४ जना उपचारपछि निको भएका छन् ।

Next Post

कोहलपुरमा पहिलोपटक कोरोना संक्रमितको सफल शल्यक्रिया

२७ जेष्ठ २०७७, मंगलवार १७:११
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक कोरोना संक्रमितको सफल शल्यक्रिया गरिएको छ । अछामको जिल्ला, बयलपाटा अस्पतालबाट रिफर भई मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकी गर्भवती कोरोना संक्रमित २५ वर्षीय महिलाको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ । नेपालगञ्ज […]