विरामीमा कोरोना देखिएपछि कोहलपुर अस्पताल शील

२७ जेष्ठ २०७७, मंगलवार ०९:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरीएको छ । सोमबार अछामबाट उपचारकालागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।कोहलपुर मेडिकल कलेजमा उपचार गराईरहेकी ति महिलाको कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टाईनमा राखीएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सिल गरीएको डा. श्रेष्ठले बताए ।
१८ हप्ताको सुत्केरी समेत रहेकी ति महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरीएको डा. श्रेष्ठले जानकारी दिएका छन ।
ति महिलासँगै कोहलपुर ल्याईएका अर्का एक ब्यक्तिको सोमबार नै मृत्यु भएको थियो । अछामको अस्पतालले जागिरबाट निकालेपछि आत्मदाहको प्रयास गरेका ति व्यक्तिको उपचारका क्रममा मृत्यु भएको डा. श्रेष्ठले जानकारी गराए ।
अस्पतालले करार नविकरण नगरेपछि उनले सोमबार बिहान आफैँलाई पेट्रोल छर्किएर अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अबस्थामा पुगेका उनलाई सोमबार दिउँसो हेलिकप्टर मार्फत कोहलपुर ल्याइएको थियो । अस्पतालमा उपचार गराइरहेकी महिलालाई कोरोना संक्रमण देखिए पछि अस्पताल मा रहेका अरु बिरामी र डाक्टर, नर्स र कर्मचारीको स्वास्थलाई मध्यनजर गर्दै अस्पताल सिल गर्नु परेको डाक्टर श्रेष्ठले जानकारी गराए।

Next Post

क्वारेन्टाईनमा सर्पले डसेपछि गूरुवाको भरमा रातभर झारफुक बिहानमात्र अस्पताल पुराईयो

२७ जेष्ठ २०७७, मंगलवार ०९:३५
सदरलाइन / रुद्र सुवेदी, जानकी (बाँके) : बाँकेको जानकी गाउपालिका वडा नंम्बर १ बढैया गाउको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका ब्यक्तिलाई सर्पले डसेको छ । उपचारको लागि अस्पताल लैजान एम्बुलेन्स अभावमा रातभर गुरुवाको भरमा झारफुक गरेर राखेर बिहान मात्र अस्पताल लगिएको थियो । नेपाल राष्ट्रिय प्राथामिक विद्यालयको कक्षा १ को […]