शिव मन्दिरको सौन्दर्यकरण गरिँदै

  
  प्रकाशित मितिः सोमवार, जेष्ठ २६, २०७७       | 568 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवन चोकस्थित संगमरमर शिव मन्दिरको सौन्दर्यकरण शुरु गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राईको संसदीय कोषबाट शिव मन्दिरको सौन्दर्यकरण शुरु गरिएको हो ।
सौन्दर्यकरण शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विजय यादवले एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले सौन्दर्यकरणपछि मन्दिरमा पुजापाठ गर्न भक्तजनहरुलाई सहज हुने बताए ।
संसद विकास कोषको करीव १० लाखको लागतमा मन्दिर सौन्दर्यकरणको काम शुरु भएको समाजवादी पार्टी बाँकेका पूर्व अध्यक्ष कमरुद्दिन राईले बताए । कार्यक्रममा श्रवण कुमार यादव, बदरुद्दुजा खान, राजन रानामगर, रमारानी बैश्य, माजिद अलि शेखलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २६, २०७७     5:11:04 PM  |