बाँकेका अधिकाँश क्वारेन्टाइन मापदण्ड विपरीत

२५ जेष्ठ २०७७, आईतवार १६:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमितको संख्या बढेर थप आइसोलेशनको आवश्यक्ता भइरहेका बेला बाँकेमा सञ्चालित क्वारेन्टाइन अझैं व्यवस्थित हुन नसकेको पाइएको छ । स्थानीय तहले अधिकांश विद्यालयमानै क्वारेन्टाइन बनाइएपनि सञ्चालनको उचित व्यवस्थापन गर्न नसक्दा त्यहींभित्रैबाट संक्रमण फैलीने र थप जोखीम निम्तिने सम्भावना रहेको पाइएको छ ।
प्रदेश नं. ५ प्रदेश सभा प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले नेपालगञ्ज, खजुरा र बैजनाथस्थित क्वारेन्टाइन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा सो अवस्था देखिएको हो । महेन्द्र बहुमुखी क्याम्पस, लायन्स डेण्टलको आइसोलेशन, खजुराको सीमलघारी, वैजनाथको वरगदही, हसनापुर र ओरीलालपुरको क्वारेन्टाइनको अवलोकन गरिनुका साथै व्यवस्थापक, जनप्रतिनिधी तथा त्यहाँ आश्रितहरुको समस्या सुनिएको थियो ।
क्वारेन्टाइन सरकारी मापदण्डअनुसार नहुनुका साथै क्षमताभन्दा बढि राखिएका कारण व्यवस्थापनमा पनि समस्या देखिएको छ । केही क्वारेन्टाइनमा उचित शौचालय, खानेपानी लगायतको समस्या देखिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षण र रिपोर्ट आउनमा ढिलाइ भइरहेको गुनासो आएको छ ।
अवलोकन गरिएकामध्ये सीमलघारी क्वारेन्टाइनको अवस्था भने नाजुक रहेको पाइएको छ । ८२ जना रहेको सीमलघारीमा खाजाबाहेक खाना स्वयं ल्याउनु पर्ने भएपछि थप समस्या झेल्नु परिरहेको आश्रितहरुको गुनासो छ । कतीपयले १४ दिन पुगिसकेपछि पनि रिपोर्ट नआएको भन्दै पीसीआर जाँचको माग पनि गरेका छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा चार सय ८६ जना, आइसोलेशनमा ११ जना रहेकोमा नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको छ । वैजनाथमा सञ्चालित क्वारेन्टाइन भने व्यवस्थित रहेको पाइएको छ ।
अवलोकन टोलीमा सांसद हमालसँगै अधिवक्ता, अधिकारकर्मी प्रहलाद बहादुर कार्की, सञ्चारकर्मी एवं सम्वादकर्ता शुक्रऋषि चौलागाई, सूचना अभियन्ता विश्वजित तिवारी रहनु भएको थियो ।

Next Post

बाँकेमा थपिए तीन जना कोरोना संक्रमित

२५ जेष्ठ २०७७, आईतवार १६:३१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा खजुराका ३ जना, बर्दियाका १ र रोल्पाका २ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभरमा थप २ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ […]