खजुरामा पिसिआर परीक्षण तीब्र

१९ जेष्ठ २०७७, सोमबार १८:५४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा विभिन्न क्वारेन्टिनमा रहेकाहरुको पिसिआर जाँच तीव्र पारिएको छ । हालसम्म खजुरामा ३ सय ३८ जनाको पिसिआर गरिएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्वाव संकलन गरि पिसिआर जाँच गर्ने कर्यमा तीव्रता दिएको बताए । हालसम्म ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको खजुरा गाउँपालिका सूचना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार खजुरामा २४ वटा क्वारेन्टिन स्थापना गरिएकोमा २२ वटामा हाल १ हजार ७३ जना रहेका छन् । १ सय १९ जना स्वास्थ्य जाँचपछि घरमा फर्किएका छन् ।

Next Post

थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

१९ जेष्ठ २०७७, सोमबार १८:५४
सदरलाइनडटकम, नेपालगञ्ज : सोमवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, […]

सम्बन्धित