हाइस दुर्घटनाका सबैको कोरोना रिपोर्ट नेगेटिभ

१९ जेष्ठ २०७७, सोमबार १६:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा आइतवार राती भएको हाइस दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पतालको प्रयोगशालामा सोमवार गरिएको पिसिआर परीक्षणमा सबै ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
भारतका बिभिन्न शहरबाट फर्किएकाहरुलाई गन्तब्यतर्फ लैजाने क्रममा आइतवार राती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ ठुरियास्थित राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा घट्नास्थलमा ११ जनाको मृत्यु भएको थियो भने एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनमा २१ जना घाइते भएका थिए । घटनालगत्तै नेपालगञ्ज ल्याइएका मृतक र घाइते सबैको स्वाब संकलन गरी गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

Next Post

बाँकेमा थपिए सात जना कोरोना संक्रमित

१९ जेष्ठ २०७७, सोमबार १६:११
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको नियमित पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिकामा १७ देखि ३५ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभरमा २ सय २६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले […]