दुर्घटना भएको ठाउँमा अर्को गाडी दुर्घटना

१९ जेष्ठ २०७७, सोमबार १५:५५
 

सदरलाइनडटकम,
कोहलपुर : आइतवार राती बाँकेमा सडक दुर्घटना भएको ठाउँमा फेरी अर्को गाडी दुर्घटनामा परेको छ । तीन जना सवार रहेको बस अनियन्त्रित भएर पल्टिदाँ १ जना घाइते भएका छन् ।
पश्चिमदेखि पूर्व जाँदै गरेको बा १ प ७५१ नम्बरको बस राप्तीसोनारी वडा नं. २ स्थित ठुरे जंगलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै चालक र सहचालक फरार रहेकोले खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।

Next Post

हाइस दुर्घटनाका सबैको कोरोना रिपोर्ट नेगेटिभ

१९ जेष्ठ २०७७, सोमबार १५:५५
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा आइतवार राती भएको हाइस दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पतालको प्रयोगशालामा सोमवार गरिएको पिसिआर परीक्षणमा सबै ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । भारतका बिभिन्न शहरबाट फर्किएकाहरुलाई गन्तब्यतर्फ लैजाने क्रममा आइतवार राती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ ठुरियास्थित राजमार्गमा […]