सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो ४८ घण्टामा बाँकेमा थप १ सहित ७ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै बर्दियाको ठाकुरबाबामा ३ जना पुरुषमा संक्रमण देखिएको छ भने रोल्पामा एक महिलासहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालले पछिल्लो ४८ घण्टामा २ सय ५० वटा नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।




