बाजुराको आइसोलेशनमा बालिकाको मृत्यु

१८ जेष्ठ २०७७, आईतवार १३:४९
 

सदरलाइनडटकम,
धनगढी : बाजुरामा आईसोलेशनमा राखिएकी एक बालिकाको आइतवार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो । जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बालिकाको मृत्यु भएको बताए ।
बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको डा. विश्वकर्माले जानकारी दिए । अस्पतालका अनुसार रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने छ ।
आठ दिनअघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका–१ धुरालसैन माविको क्वारेन्टिनमा राखिएको थियो । आमाबुबासँगै उनलाई पनि आइसोलेशनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

Next Post

दुई यात्री लिएर ‘स्पेस एक्स’ अन्तरिक्षका लागि प्रस्थान

१८ जेष्ठ २०७७, आईतवार १३:४९
सदरलाइनडटकम, काठमाण्डौ : अमरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ । यो मिसनलाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट लञ्च गरिएको हो । पहिलो पटक कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको हो । अन्तरिक्ष […]