बाँकेका ९४ क्वारेन्टाईनमा करिव ३३ सय बस्दै

१८ जेष्ठ २०७७, आईतवार १०:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरीएको लकडाउनको बीचमा भारतबाट आएकालाई विभिन्न स्थानीय तहमा निर्माण गरिएको ९४ वटा क्वारेन्टाईनमा व्यवस्थित गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार ८ वटा स्थानीय तह र एक नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइन गरी ९४ वटामा ३ सय ६० महिला र २ हजार ८ सय ९७ जना पुरुष गरी ३ हजार २ सय ५७ जना रहेका छन् ।


उनले बैजनाथ गाउपालिकामा १६ निर्माण गरिएको क्वारेन्टाईनमा सबै भन्दा बढी ९ सय ४६ जना, खजुरा गाउपालिकामा २२ क्वारेन्टाईन ९ सय ३ जना, नेपालगञ्जमा २ क्वारेन्टाईनमा २ सय ९४ जना, कोहलपुरमा १२ क्वारेन्टाईनमा २ सय ९३, जनाकी ८ क्वारेन्टाईनमा २ सय १६, डुडुवामा ८, क्वारेन्टाईनमा १ सय ५९ नरैनापुरमा १५ क्वारेन्टाईनमा १ सय ६४, राप्तीसोनारीमा १० क्वारेन्टाईनमा २ सय १७, र नेपाली सेनाको १ क्वारेन्टाईनमा ६५ जना बस्दै आएको जानकारी दिए ।

Next Post

क्वारेन्टाइन व्यवस्थापन लगायतमा युवा नेता खत्रीको ६ बुँदे सुझाव

१८ जेष्ठ २०७७, आईतवार १०:१७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमण तीब्र रुपले बृद्धि भई रहेको बेलामा युवा नेता रत्न खत्रीले सरोकारवालालाई विभिन्न छ बुँदे सुझाव दिएका छन् । नेकपा बाँकेका संगठन विभाग प्रमुख तथा कोरोना संक्रमण नियन्त्रणका लागि पार्टी निर्देशनमा खजुरा गाउँपालिकामा समन्वयकर्ताको रुपमा खटिएका नेता खत्रीले क्वारेन्टाईन ब्यवस्थापनका लागि ६ […]

सम्बन्धित