गुरुंग राष्ट्रिय परिषद कोहलपुरद्वारा सहयोग

१७ जेष्ठ २०७७, शनिबार ०९:३४
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : तमु ह्यूल छोँज धिं गुरुंग राष्ट्रिय परिषद कोहलपुर इकाईले क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुको सहजताका लागि ड्र्मको सहयोग गरेको छ ।

कोहलपर नगरपालिका वडा नं. २ लक्ष्मी माबिमा रहेको क्वारेन्टीनमा ५ सय लिटरको ड्र्म, एक थान बाल्टिन, जग र बिस्कुट र चिउरा सहयोग गरेहको गुरुंग राष्ट्र्यि परिषद कोहलपुरका अध्यक्ष शेर बहादुर गुरुंगले बताए ।

उनले भने–‘क्वारेन्टाई ब्यबस्थापन गर्नका लागि सबै राज्यको भर पर्नु भन्दा जजस्ले जहाबाट सहयोग गर्दा पनि हुने भएको हुदा आफ्नो समुदायले सहयोग गरेको हो ।’ सहयोग हस्तान्तरण पश्चात वडा नं. २ का अध्यक्ष कर्ण बहादुर बिसीले यस्ता खालका सहयोगले क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुलाई सहज हुने र उनीहरुको सुबिधाका लागि सबै लाग्नु पर्ने बताए । आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको खाँचो रहेको समेत बताए ।


शनिबार नै गुरुंङ्ग समुदायका बिपन्न र निम्न आयस्तर भएका दुई घर परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । गुरुंग राष्ट्रिय परिषद कोहलपुरले कोहलपुर वडा नं. मा बस्ने दुई घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ किलो नुन, ७ पोका तेल, र ६ वटा साबुन दिएको थियो ।

हस्तान्तरण कार्यक्रममा गुरुंग राष्ट्रिय परिषद कोहलपुर इकाईका संस्थापक अध्यक्ष नैन बहादुर गुरुंग, संस्थापक कोषध्यक्ष महेन्द्र गुरुंग, गुम्बा निर्माणका अध्यक्ष आशा घर्ती र संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।

Next Post

दैलेखको क्वारेन्टाइनमा एक जनाको मुत्यु

१७ जेष्ठ २०७७, शनिबार ०९:३४
सदरलाइनडटकम, दैलेख : दैलेखस्थित क्वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष रहेका छन् । भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बेहोस भएपछि क्वारेन्टाइनमै उपचार गरिएको […]