जानकी गाउँपालिकाले कोरोना परिक्षणको लागि भिटिएम खरिद गर्दै

१७ जेष्ठ २०७७, शनिबार ०९:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँँकेको जानकी गाउँपालिकाले कामका लागि भारत गएका र कोरोना भाइसर संक्रमणको महामारीका कारण घर र्फिता भएका नागरिक सबैलाई स्वाब संकलनका लागि भिटिएम खरिद गर्ने भएको छ ।

गाउँपालिका क्षेत्रभित्रका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका १ सय ९२ जना नागरिक रहेका छन् । स्वास्थ्य परिक्षणका लागि गाउँपालिकाले स्वाब संकलनका लागि भिटिएम खरिद गर्ने र जिल्ला संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयसँगको समन्वयमा स्वाब संकलनको प्रक्रिया तत्काल गरिने गाउँपाकिालका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री जानकारी दिए ।


भारतका विभिन्न स्थानबाट आएका नागरिक कोरोना संक्रमणको जोखिम हुन सक्ने स्वभाविकै हो । लामो समयसम्म जस्ताका पाताका भवनमा नागरिकलाइ गर्मी मौसममा वस्दा झनै पीडा हुने भएकोले समयमा स्वाव संकलन र परिक्षण गरी कोरोना संक्रमण भए नभएको पहिचान गरी संक्रमण नभएकालाई घरमै क्वारेन्टाइन बस्ने गरी पठाउदा राम्रो हुने स्वास्थ्यकर्मीको सल्लाहका आधारमा यस प्रकारको कार्य गरिन लागेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए

गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलनका लागि भिटिएमको व्यवस्थापन भएको खण्डमा जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलनमा सहयोग गर्ने फोकल फर्सन नरेश श्रेष्ठले बताए ।

Next Post

गुरुंग राष्ट्रिय परिषद कोहलपुरद्वारा सहयोग

१७ जेष्ठ २०७७, शनिबार ०९:०६
सदरलाइनडटकम, कोहलपुर (बाँके) : तमु ह्यूल छोँज धिं गुरुंग राष्ट्रिय परिषद कोहलपुर इकाईले क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुको सहजताका लागि ड्र्मको सहयोग गरेको छ । कोहलपर नगरपालिका वडा नं. २ लक्ष्मी माबिमा रहेको क्वारेन्टीनमा ५ सय लिटरको ड्र्म, एक थान बाल्टिन, जग र बिस्कुट र चिउरा सहयोग गरेहको गुरुंग राष्ट्र्यि परिषद कोहलपुरका […]

सम्बन्धित