बाँकेमा थप १० जनामा कोरोनाको पुष्टि

१६ जेष्ठ २०७७, शुक्रबार १७:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । डुडुवा गाउँपालिकामा १० सहित शुक्रवार १ सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जनालाई कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतकको संख्या ६ पुगेको छ । योसँगै देशभर संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

Next Post

खजुराका विभिन्न क्वारेन्टाईनमा युवा नेता खत्रीको सहयोग

१६ जेष्ठ २०७७, शुक्रबार १७:१७
सदरलाइनडटकम, नेपालगञ्ज  : नेकपा बाँकेका युवा नेता रत्न खत्रीले खजुरा गाउँपालिका अन्तरगतका विभिन्न क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री वितरण गरेका छन् । नेता खत्रीले राधापुरको तिर्खा आधारभुत विद्यालय र मैटहवा माविमा मास्क र सेनिटाईजर सहयोग गरेका छन् । उनले वडा सदस्य तथा कार्यपालिका सदस्य फत्तेकुमारी जैशीलाई विद्यालयमै पुगेर हस्तान्तरण गरेका हुन […]