कोहलपुरमा बेवारिसे २ नाल भरुवा बन्दुक भेटियो

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७       | 232 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरको टोलीले बाँकेको कोहलपुर–८ सिक्टा नहरको डुडुवा पुल नजिकबाट २ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम कार्कीले दिएको जानकारी अनुसार लोड गरिएको २ नाल भरुवा बन्दुक, केप २२, केपमा प्रयोग हुने पटाका २, बारुद सानो ३ बट्टा, ५ सयग्राम सानो ठूलो छर्रा, दुई ब्याग, एक खुकुरी र ३० ग्राम बदेलको भुत्ला, बन्दुक मर्मत गर्ने सामाग्री तथा पासो बनाउन प्रयोग हुने सामाग्री लुकाएको अवस्थामा बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीले गस्तीको टोलीले सिक्टा नहरको पुल मुनी लुकाई राखेको अवस्थामा भेटिएका दुबै भरुवा बन्दुक लोड भएका अवस्थामा रहेको बताए । उनले स्थलगत मुचुल्का गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाएको जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७     10:40:29 AM  |