बर्दियामा भेटिए तीन जना कोरोना पोजेटिभ

१२ जेष्ठ २०७७, सोमबार १६:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सोमवार बेलुका ६ जना नयाँ संक्रमित थपिएसँगै देशभरीमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
जसअनुसार अछाम मेल्लेखका १ जना, बर्दिया गुलरिया १० का २, गुलरिया २ का १ जना, पर्सामा १, काठमाण्डौका १ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
हालसम्म १ सय १२ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

Next Post

लकडाउनकै बीचमा नरैनापुरमा सांसद नमुनाको अगुवाईमा विद्युतिकरण सुरु

१२ जेष्ठ २०७७, सोमबार १६:३८
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरना भाइरसको संक्रमण बढ्दै जाँदा बाँकेको नरैनापुर क्षेत्रमा आईसोलेशन अस्पताल र गुणस्तरीय क्वारेन्टाईन निर्माणको लागि दु्रत गतिमा विद्युतीकरणको लागि पहल भएको छ । सो क्षेत्रबाट प्रदेश सभामा निर्वाचित माननीय कृष्णा केसी नमुनाको अनुरोधमा लकडाउनकै बीचमा नरैनापुरमा बिद्युतिकरणको काम पुनः सुचारु भएको छ । जुन लकडाउनको […]