बाँकेमा एकैदिन थपिए १४ जना संक्रमित, कुल संख्या ५ सय ७ पुग्यो

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ ९, २०७७       | 326 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : शुक्रवार देशभरमा कोरोनाका २० जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये बाँकेका १४ जना रहेका छन् । नरैनापुर गाउँपालिकाका १३ र राप्तीसोनारी गाउँपालिकाका १ गरी बाँकेमा १४ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै कैलालीमा ३ जना, डडेल्धुराका परसुराम १० का १ जना, बैतडी शिवनाथ १ का १ जना र मोरङको रतुवामाई वडा नं. २ का १ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जसमध्ये ४ सय ३३ पुरुष र ७४ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । हालसम्म निको भएर ७० जना डिस्चार्ज भएका छन् भने मृतकको संख्या ३ पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ९, २०७७     4:40:56 PM  |
error: Content is protected !!