३० जना थपिएसँगै संक्रमितको संख्या ४ सय ८७ पुग्यो

९ जेष्ठ २०७७, शुक्रबार १०:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शुक्रवार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो। योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ।

Next Post

कोरोनाबाट निको भएर बाँकेका २१ जना घर फर्किए

९ जेष्ठ २०७७, शुक्रबार १०:४४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ७० पुगेको छ । यसअघि विभिन्न जिल्लाबाट ४९ जना […]