नेपालगञ्जका २१ संक्रमित कोरोना जितेर घर र्फर्कदै

९ जेष्ठ २०७७, शुक्रबार ००:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेको नेपालगञ्जको पहिलो संक्रमित ६० वर्षिय पुरुष तथा नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोना जितेर शुक्रबार बिहान डिस्चार्ज हुदैछन् ।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले खजुरामा रहेको कोरोना विषेश आईसोलेशन अस्पतालमा उपचार गराई रहेका उनीहरु मध्येका पहिलो ६० वर्षिय पुरुष संक्रमितको तेस्रो पटक र अन्य २१ जनाको लगातार दोस्रो पठकको रिर्पोट नेगेटिभ आएपछि डिस्चर्ज गर्न लागिएको जानकारी दिए ।

नेपालगञ्जमा बैशाख १९ गते पहिलो संक्रमित पुस्टि भएको थियो भने २३ बैशाखमा २२ जनामा कोरोना पुष्टि भएको थियो ।

Next Post

३० जना थपिएसँगै संक्रमितको संख्या ४ सय ८७ पुग्यो

९ जेष्ठ २०७७, शुक्रबार ००:०२
सदरलाइनडटकम, नेपालगञ्ज : शुक्रवार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो। योसँगै देशभर […]