बाँकेमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ ८, २०७७       | 850 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमित मध्ये दुईजना बाँकेका पोजेटिभ देखिएकोमा ती मध्ये एक स्वास्थ्यकर्मी भएको जानकारीमा आएको छ ।

ती दुईजना मध्ये बाँकेकी एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पाइएको हो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ बर्षिया ती संक्रमित महिला हुन ।

नेपालमा हालसम्म ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा बिहिबार बेलुकासम्म संक्रमितको संख्या ४५७ पुगेको छ भने, बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ८, २०७७     11:41:45 PM  |
error: Content is protected !!