नौ जना थपिएसँगै संक्रमितको संख्या ४५३ पुग्यो

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ ८, २०७७       | 206 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बिहीवार नौ जना कोराना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
रुपन्देहीका १ जना २७ वर्षीय पुरुष, झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ३ सय ८३ पुरुष र ७० जना महिला रहेको मन्त्रलायले जनाएको छ ।
टेकु अस्पतालबाट बिहीवार ४ जना निको भएर डिस्चार्ज भएपछि घर फर्किनेको संख्या ४९ पुगेको छ । टेकु अस्पतालबाट २३ र २५ वर्षीय महिला तथा ३७ र २७ पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रलायको भनाई छ । कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको मन्त्रलायले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ८, २०७७     4:38:54 PM  |
error: Content is protected !!