समाजसेवी बर्माद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

७ जेष्ठ २०७७, बुधबार १४:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारीको रुपमा फैलिरहेका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोर्टिङ्गका लागि बाँके डुडुवा गाउँपालिका वडा नं. २ नौरीगौढीका समाजसेवी केशवराम बर्माले अवधी पत्रकार संघ नेपाललाई ५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न तथा सावधानी अपनाउनका लागि स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न उनले संघलाई सहयोग गरेका हुन् । समाजसेवी बर्माले उक्त रकम बराबरको चेक संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई हस्तान्तरण गरे ।
प्राप्त रकमबाट स्वास्थ्य सामग्री (केएन ९५ मास्क) खरिद गरेर संघमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत सक्रिय पत्रकारहरुलाई उपलब्ध गराइएको छ । अहिलेको विषम परिस्थितीमा पत्रकारहरुले आफ्नो जीउ ज्यानकोे समेत प्रवाह नगरी रिपोर्टिङ्गमा खटिने पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको बर्माले बताए ।
७९ वर्षीय बर्मा नेपाल खाद्य संस्थानका पूर्व क्षेत्रीय निर्देशक हुन् भने हाल फत्तेबाल आँखा अस्पतालका बोर्ड अफ डाइरेक्टर र जनता समाजबादी पार्टीका केन्द्रीय सदस्यको रुपमा सेवा गरिरहेका छन् । सामाजिक सेवाको भावनाले उत्प्रेरित बर्माले सानो सहयोगले केही हदसम्म फाइदा पुग्ने भनेर सहयोग गरेको बताए ।

Next Post

बाँकेका थप ६ जनामा कोरोना देखियो, संक्रमितको संख्या ४२७ पुग्यो

७ जेष्ठ २०७७, बुधबार १४:४८
सदरलाइनडटकम, नेपालगञ्ज :बाँकका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका वडा नं. ५ मा ३ वर्षीय बालकसहित ५ जना १७ देखि ४० वर्षसम्मका र खजुरा वडा नं. ५ का २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार बाँकेका ६ […]