कोरोना भाइरसको खोपमा उल्लेख्य प्रगति

६ जेष्ठ २०७७, मंगलवार १५:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको खोप उत्पादक कम्पनीले दावी गरेको छ । पहिलो चरणमा खोप परिक्षण गरिएका ८ जना मानिसमा रोग प्रतिरोधक क्षमता वृद्धि भएको दावी अमेरिकी कम्पनी मोडर्नाले गरेको हो ।
परीक्षण नतिजा सार्वजनिक गर्दै कम्पनीले परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको बताएको छ । कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो ।
यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो । उक्त एन्टिबडीले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ । कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ ।
यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ । कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ । दोस्रो चरणमा ६ सय जनामा खोप परीक्षण गरिनेछ ।
त्यसपछि जुलाइबाट शुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ । अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ । (एजेन्सी)

Next Post

नरैनापुरबाट कोरोना विरामीलाई ल्याउँदा स्थानीयद्वारा अवरोध

६ जेष्ठ २०७७, मंगलवार १५:५१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकास्थित आदर्श माविमा रहेका कोरोनाका विरामीलाई उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा स्थानीयवासीले अवरोध गरेका छन् । नरैनापुरका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने निर्णय भएसँगै विरामीहरुलाई लिन नेपालगञ्जबाट एम्बुलेन्स पुगेपछि स्थानीयवासीले अवरोध गरेका हुन् । क्वारेन्टाइन आसपासमा ठूलो संख्यामा स्थानीयहरु जम्मा भएका छन् । अवरोध हटाउन नेपालगञ्जबाट […]