बग्दादमा अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ६, २०७७       | 96 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलवार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ ।
बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन् । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन ।
ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । सन् २०२० मा मात्र २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ । (एजेन्सी)

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ६, २०७७     3:29:17 PM  |
error: Content is protected !!