बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो

५ जेष्ठ २०७७, सोमबार १६:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ४७ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा सोमवार संक्रमण पाइएको छ ।
त्यहाँ रहेका २ सय ६३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ ।
आइतवार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो । यसअघि सोमवार बिहानै ९ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगरका एक जना, भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षका पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एक जना, रौतहटका एक जना, दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ । देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

Next Post

नरैनापुरमा १२ नयाँ संक्रमित थपिए

५ जेष्ठ २०७७, सोमबार १६:१५
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँकेको नरैनापुरका थप १२ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०ः१५ बजे जारी गरेको विज्ञप्ती अनुसार थप १२ जनामा संक्रमणको पुस्टि भएको हो । यो संगै एकैदिन नरैनापुरमा ५९ जना संक्रमित पुष्टि भएको हो । संक्रमित सबै नरैनापुर गाउँपालिका ५ […]

सम्बन्धित