इदको समयमा साउदीमा कर्फ्यु

५ जेष्ठ २०७७, सोमबार १४:०९
 

सदरलाइनडटकम,
काठमाण्डौ : इस्लाम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ । साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म कर्फ्यु लागु गर्ने निर्णय गरेको हो ।
कर्फ्यु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली महावाणिज्य दुतावासले जनाएको छ । यस समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यु समयको पूर्ण पालना गर्न साउदीमा रहेका नेपाली श्रमिकलाई दुतावासको अनुरोध छ ।
श्रमिकहरुको आवास क्षेत्रमा कोरोना सङ्क्रमण बढी फैलिएको पाइएकोले गएका वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दुतावासले सबैलाई सूचित गरेको छ । एक कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा आवतजावत गर्न साउदी सरकारले निरुत्साहन गरेका कारण त्यहाँ रहेका नेपालीहरुलाई पनि त्यसो नगर्न दूतावासको अनुरोध छ ।
यस्तै कोरोनाबाट संक्रमित वा लक्षण देखिएका तर आईसोलेशन र क्वरेण्टीनमा नियम पालना नगर्ने बिरामीलाई साउदी सरकारले जरिवाना तोकेको हुँदा त्यसको पालना गर्न पनि दुतावासले सबैमा आग्रह गरेको छ । (एजेन्सी)

Next Post

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

५ जेष्ठ २०७७, सोमबार १४:०९
सदरलाइनडटकम, काठमाण्डौ : बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलवारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाई छ । मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ […]