बाँकेमा निधन भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या २ पुग्यो

४ जेष्ठ २०७७, आईतवार १८:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके नरैनापुरका आइतवार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।
यसअघि धुलिखेल अस्पतालमा बिहीवार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण निधन भएको थियो । वैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए ।
बिहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको थियो । राति तीन बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो । मृतकको शव अहिले पनि स्कुलमै छ । शवको नजिक कोही गएका छैनन् । आफन्तहरु टाढाबाट शवलाई हेरेर बसेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिवार नरैनापुरबाट २ सय ६३ जनाको स्वाब लिँदा ती युवाको पनि लिइएको थियो । अरु स्याम्पलको जाँच भइरहेको छ । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले मृतकमा कोरोना देखिएको बताए । नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
उनीहरुको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब लिँदा मृतक युवा पनि परेका थिए । जिल्लाको पूर्वी गाउँपालिकामा पर्ने नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन । त्यहाँ ११ वटा क्वारेन्टाइन बनाएर ६ सय २५ जनालाई राखिएको छ ।

Next Post

विराटनगरका २ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि

४ जेष्ठ २०७७, आईतवार १८:११
सदरलाइनडटकम, मोरङ : नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोशी अस्पताल विराटनगरमा आइतवार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा […]

सम्बन्धित