क्वारेन्टाइन प्रभावकारी नभएको भन्दै नरैनापुरमा तनाव

४ जेष्ठ २०७७, आईतवार १६:३४
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँके नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित क्वारेन्टाइनमा आइतवार विहान एक युवकको मृत्यु भएपछि गाउँपालिकाले ब्यवस्थापन र प्रभावकारी तयारी नगरेको भन्दै तनाव उत्पन्न भएको छ ।
गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा आइतवार एकाविहानै मृत्यु भएको थियो । उनीहरुको रेखदेखका लागि खटिएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन क्षेत्रमा थिएनन् ।
विहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् । शनिवार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्नेबारे प्रष्ट हुने नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
आफ्नो साथीको शव त्यत्तिकै रहेको अवस्थामा आफु खाना र नास्ता केहि नखाने र आफुलाई घर पठाउनु पर्ने क्वारेन्टाइनमा बस्ने युवाहरुले माग अघि सारेका छन् । शव अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।


Next Post

बाँकेमा निधन भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या २ पुग्यो

४ जेष्ठ २०७७, आईतवार १६:३४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके नरैनापुरका आइतवार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ । यसअघि धुलिखेल अस्पतालमा बिहीवार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण निधन भएको थियो […]