ल्याण्डफिलसाइट अब नेपालगञ्जले सञ्चालन गर्ने

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ ४, २०७७       | 137 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा निर्माण गरिएको ल्याण्डफिलसाइट अबदेखि नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने भएको छ । एशियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको ल्याण्डफिलसाइट सम्झौताअनुसार एडिबी आफैले सञ्चालन गरेको थियो । एडिबीले हस्तान्तरण गरेसँगै आइतवारदेखि नेपालगञ्ज उपमहानगरले सञ्चालन गर्ने भएको हो ।
उपमहानगरपालिकाको आइतवार बसेको कार्यपालिका बैठकले ल्याण्डफिलसाइट सञ्चालनका लागि कार्यविधि बनाउने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । उपमहानगरपालिकाले यसअघिनै ल्याण्डफिलसाइट सञ्चालन गर्न मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, वडा नम्बर १८ का अध्यक्ष दिपक वर्मा, वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह, २ का अध्यक्ष सुनिलसिंह हमाल, वडा नम्बर २३ का अध्यक्ष मो. हुसेन शेष, वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता र कार्यपालिका सदस्य देउमल सुनार रहेको ब्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्य सचिवमा सरसफाई शाखा प्रमुख अशोक केसी रहेका छन् । बैठकले एशियाली विकास बैंकको सहयोगमा होटल सिग्नेटदेखि बागेश्वरी मन्दिर नजिक जोड्ने सडकमा स्ल्याब निर्माण गर्ने, ल्याण्डफिलसाइट जोड्ने सडक कालोपत्रे गर्ने र गुम्बादेखि वागेश्वरीसम्मको नालालाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ४, २०७७     3:50:24 PM  |
error: Content is protected !!