बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बस्दै आएका युवकको मृत्यु

४ जेष्ठ २०७७, आईतवार ०८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउपालिकाको एक क्वारेन्टाईनमा बसेका २५ वर्षिय युवकको मृत्यु भएको छ । गत ३० गते भारतबाट आएका उनी गाउपालिककाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

खाना खाएर सुतेका उनले राती एक्कासी बान्ता गरेर बेहोस भएपछि मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

उनको शनिबार मात्रै कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको जानकारी गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले दिए । बिस्तृत आउन बाँकी

Next Post

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको पहिचान खुल्यो, स्वाब संकलन शुरु

४ जेष्ठ २०७७, आईतवार ०८:४९
सदरलाइनडटकम, काठमाण्डौ : काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् । थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न शुरु गरिएको छ । […]

सम्बन्धित