दशगजास्थित जमुनाहामा ‘स्यानिटाइज’

३ जेष्ठ २०७७, शनिबार १६:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमानाका नेपालगञ्जको जमुनाहामा स्यानिटाइज गरिएको छ । भारतबाट ल्याइएका र पठाइएका करीब दुई हजार बढी मानिसको नाकामा ओहोरदोहोर भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले शनिवार जमुनाहा आसपासमा स्यानिटाइज गरेको हो ।
भारतका विभिन्न क्वारेन्टाइनमा रहेको ६ सय ८७ नेपाल ल्याइएको र बाँकेका विभिन्न ठाउँमा रहेका १ हजार ४ सय ८३ जना भारतीयलाई पठाउँदा नाकामा दुई दिन रोकिएका थिए । नेपाल भित्रिएका व्यक्तिको लगत लिनुका साथै आरडीटी परीक्षण गर्दा जमुनाहामा दुई दिन रोकिएका थिए । उनीहरु बसेको ठाउँ र आसपासमा स्यानिटाइज गरिएको हो ।
भारतबाट अत्यावश्कीय सामग्री लिएर आउने मालवाहक साधनलाई समेत नेपालगञ्ज उपमहानगरपालिकाले स्यानिटाइज गर्दै आएको नेपालगञ्जका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

Next Post

अवधी भाषी पत्रकारलाई राहत वितरण

३ जेष्ठ २०७७, शनिबार १६:३०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका २५ जना अवधी भाषी पत्रकारहरुलाई राहत वितरण गरिएको छ । सरकारले गरेको लकडाउनका कारण आर्थिक समस्यामा परेका पत्रकारहरुलाई राहत प्याकेज वितरण गरिएको हो । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघमा आबद्ध पत्रकारहरु विभिन्न सञ्चारमाध्यममा आबद्ध सक्रिय सञ्चारकर्मीहरुलाई राहत प्याकेज वितरण गरिएको हो […]

सम्बन्धित