भारतबाट ल्याइएका नेपालीको कोरोना परीक्षण शुरु

२ जेष्ठ २०७७, शुक्रबार १५:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट नेपालगञ्ज ल्याइएका सात सय नेपालीको शुक्रवारदेखि आरडिटी परीक्षण शुरु भएको छ । बिहीवार राती २ बजेसम्म उद्धार गरिएका सात सय नागरिकको आरडिटी विधिबाट कोरोना परीक्षण शुरु गरिएको हो ।
परीक्षण गरिएकामध्ये अहिलेसम्म तीन जनामा कोरोनाको एन्टिबडी देखिएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले जानकारी दिइन् । भारतबाट नेपाल फर्किएकामध्ये सबैभन्दा धेरै कर्णालीका छन् ।
झापा, गोरखा, स्याङ्जा, दोलखा, नुवाकोट, दाङ, सल्यान, रोल्पालगायत जिल्लाका छन् । भारतको बहराईच लगायत जिल्लाहरुको क्वारेन्टिनमा एक डेढ महिना बसेर अलपत्र परेकालाई उद्धार गरिएको उनले जानकारी दिइन् ।

Next Post

भारतबाट आएका नेपालीलाई गृहजिल्ला पठाईंदै

२ जेष्ठ २०७७, शुक्रबार १५:१३
सदरलाइनडटकम, नेपालगञ्ज : भारतबाट नेपालगञ्ज ल्याइएका नेपालीको आज गरिएको आरडिटी परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । गएराती २ बजेसम्म उद्धार गरिएका ६ सय ८८ नेपालीमध्ये ४ सय ६६ जनाको आरडीटी जाँच गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको पीसीआर गर्ने तयारी गरिएको छ । उनीहरु […]