बाँकेमा थप ८ जनामा कोरोना पुष्टी

२ जेष्ठ २०७७, शुक्रबार ०९:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ८ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरु नरैनापुरका हुन । यो संगै बाँकेमा संक्रमितको संख्या ३३ पुग्दा प्रदेश नं. ५ मा १ सय नाघेको छ ।

शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेमा थप ८ जनामा कोरोना पुष्टि भएसंगै प्रदेश नं. ५ मा कुल संक्रमितको संख्या १ सय २ पुगेको छ । १ सय २ जना मध्ये १ जना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन् ।


शुक्रबार बाँके नरैनापुर गाउपलिकाका वडा नं. १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै बाँकेमा कुल संक्रमितको संख्या ३३ पुगेको छ । देसभर संक्रमितको संख्या २५८ पुगेको छ ।

Next Post

भारतबाट ल्याइएका नेपालीको कोरोना परीक्षण शुरु

२ जेष्ठ २०७७, शुक्रबार ०९:१५
सदरलाइनडटकम, नेपालगञ्ज : भारतबाट नेपालगञ्ज ल्याइएका सात सय नेपालीको शुक्रवारदेखि आरडिटी परीक्षण शुरु भएको छ । बिहीवार राती २ बजेसम्म उद्धार गरिएका सात सय नागरिकको आरडिटी विधिबाट कोरोना परीक्षण शुरु गरिएको हो । परीक्षण गरिएकामध्ये अहिलेसम्म तीन जनामा कोरोनाको एन्टिबडी देखिएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले जानकारी दिइन् । […]