वाटरपार्क सौन्दर्यकरणको काम शुरु

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ १, २०७७       | 203 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउनको आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम शुरु भएको छ । केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले उपभोक्ता समितिामार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम शुरु गरिएको जानकारी दिए ।
वाटरपार्कको बिहीवार स्थलगत अनुगमन गर्दै मेयर डा. धवलशम्शेर राणाले नेपालगञ्जको धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको बताए । अनुगमनमा वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा, ईञ्जिनीयर सुरज शर्मा लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १, २०७७     5:29:38 PM  |
error: Content is protected !!