भारतबिरुद्ध राप्रपाको प्रदर्शन

  
  प्रकाशित मितिः मङ्लबार, बैशाख ३०, २०७७       | 99 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय बिस्तारबादबिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले मंगलवार बिपी चोकमा सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा बिदेशी हस्ताक्षेप बन्द गर, हाम्रो भूमि फिर्ता गर, लिपुलेक हाम्रै हो, नालापानी हाम्रो हो भन्ने नारा लगाइएको थियो । प्रदर्शनकारीले ओली सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, ओली सरकार राजीनामा दे लगायतका नारा लगाएका थिए ।
लिम्पियाधुरा र लिपुलेक नेपाली भुमि भएको र त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई खोलिएको यातायातप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिएको राप्रापाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए । भारतीय बिस्तारबादबिरुद्ध कुनै कदम नचालेको भन्दै राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३०, २०७७     2:43:12 PM  |
error: Content is protected !!