४१ बोतल कोरेक्ससहित एक भारतीय प्रहरी नियन्त्रणमा

३० बैशाख २०७७, मंगलवार १२:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमा क्षेत्रबाट ४१ बोतल कोरेक्स सहित एक भारतीय नागरिक प्रहरी नियन्त्रणमा परेका छन् । कोरेक्स नेपालमा प्रतिबन्धित र लागू औषधको क्याटोगरीमा रहेको छ ।

लकडाउनको बेलामा नेपाल भारत सीमा क्षेत्रकोबाट ४१ बोतल (१००) एमएलको कोरेक्स लिएर नेपाल आउदै गरेको अवस्थामा भारत बहराईच रुपैडिहाका ४६ वर्षिय राम किसुन सरोजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।


उनलाई प्रहरीले नेपालगञ्ज वडानं. १५ जमुनाहबाट सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको जानकारी आएको छ । पक्राउ परेका सरोजलाई आवश्यक अनुसंधानको लागि म्याद थप गरीएको प्रहरी निकट स्रोतले जनाएको छ ।

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै

३० बैशाख २०७७, मंगलवार १२:१०
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएपछि संक्रमितको संख्या बढ्दै गईरहेको तथ्यांकले देखाएको छ । थपिएका सबैजना संक्रमित पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. […]