बाँकेमा एकसय आठ जनाको स्वाब संकलन

२९ बैशाख २०७७, सोमबार १५:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा सोमवार एक सय आठ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरबाट ८२ र खजुराबाट १४ जनाको स्वाब संकलन थ्रोट स्वाब संकलन गरिएको छ । यस्तै आर्मी अस्पताल र भेरी अस्पतालबाट ६÷६ गरी एक सय आठ जनाको नमुना संकलन गरिएको हो ।
कोरोना संक्रमणको सम्भावना देखिएकाले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेर स्वाब संकलन गरिएको नेपालगन्ज उपमहानगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
चन्दका अनुसार संकलन गरिएको नमुना परीक्षणका लागि भेरी अस्पताल पठाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार खजुरामा अहिलेपनि स्वाब संकलन भईरहेको छ । यससँगै नेपालगञ्जमा पहिलो चरणको ट्रेसिङ सकिएको छ ।
नेपालगञ्जका रानीतलाउ, सब्जीमण्डी, पान पसल, किराना तथा खाद्यान्न पसल र आसपास वडा तथा कोहलपुर र खजुराका स्थानीयहरुलाई ट्रेसिङ गरी स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Next Post

सप्तरीमा पनि भेटिए एकजना कोरोना संक्रमित

२९ बैशाख २०७७, सोमबार १५:३३
सदरलाइनडटकम, काठमाण्डौ : प्रदेश २ को सप्तरीमा पनि थप एकजना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै आज मात्रै संक्रमितको संख्या ११ ले थपिएको छ । असअघि, कपिलवस्तुमा १० जनामा […]