एचसिआरसी अस्पतालका संस्थापक डा. शाहद्वारा ५० परिवारलाई राहत

२७ बैशाख २०७७, शनिबार २३:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितका लागि नेपालगञ्जमा रहेको एचसिआरसी अस्पताल तथा कप्तान कृषि फर्मका संस्थापक डा. कुमार सान शाहले राहत उपलब्ध गराएका छन् ।

कोरना भाइरसविरुद्धको लडाइँ लकडाउनको माध्यामबाट लडिरहदा दैनिक ज्यालामजदुरी गरी दैनिकी धान्नेहरुको बन्द चुलो बाल्नको लागि डा. शाहले नेपालगञ्ज उपमहानगरपालिका–२० को आयोजना मा ५० जनालाई राहात बितरण गरेका हुन ।


वडा अध्यक्ष कृष्ण कार्कीको उपस्थितिमा बितरण गरिएको राहतमा प्रति परिवार १० किलो चामल,२ किलोदाल, १ किलोनुन र १ पोका खाने तेल रहेको छ । सो अवसरमा वडा सदस्य चक्रबहादुर बुढा, डा. मन्जु बिसि शाह, स्थानीय प्रहरी प्रमुख लगाएत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।

डा. शाहले यसअघि प्रदेश सभासद कृष्णा केसी नमुनाको संयोजकत्वमा गठित कोबिड–१९ रिलिफ फण्डमा बाँकेका स्थानीय निकायहरुलाई बितरण गरिएको राहत लागि पचास हजार सहयोग गरेका थिए ।

Next Post

बासकी पूर्व केन्द्रीय सदस्य रुक्मिणीको पुण्य तीथिमा दुई परिवारलाई राहत

२७ बैशाख २०७७, शनिबार २३:२८
सदरलाइनडटकम, नेपालगञ्ज  : बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १२ औं बार्षिक पूण्यतिथीमा दुई परिवारलाई खाद्यान्न सहयोग गरेकोे छ । नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथीमा सो सहयोग हस्तान्तरण गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट जानकी गाउँपालिका वडानम्वर २ भैयापुर निवासी संगिता फुयाँल […]